४० अर्ब रुपैयाँ आन्तरिक ऋणको उठाउने सरकारको  लक्ष्य

मंगलबार, १६ साउन २०८०, १३ : ४३

काठमाडौं-  सरकारले चालू आर्थिक वर्ष (२०८०र८१) २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणको उठाउने लक्ष्य बजेटमार्फत लिएको छ ।


सोही लक्ष्य अनुसार ऋण उठाउने तालिका नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा (साउनदेखि असोज मसान्तसम्म) सरकारले ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ ।

यस्तै दोस्रो त्रैमासमा (कात्तिकदेखि पुस मसान्तसम्म) पनि ५५ अर्ब उठाउने सरकारको योजना छ । तेस्रो त्रैमासमा (माघ देखि चैत मसान्तसम्म) ५३ अर्ब र चौथो त्रैमासमा (वैशाखदेखि असार मसान्तसम्म) ७७ अर्ब रुपैयाँ उठाउने सरकारको योजना छ ।

यी ऋण ट्रेजरी विल, विकास ऋणपत्र, ५ वर्षे नागरिक बचत पत्र र ५ वर्षे वैदेशिक रोजगार बचत पत्र मार्फत उठाइनेछ ।

केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने कार्य तालिका मङ्गलवार सार्वजनिक गरेको छ ।

मंगलबार, १६ साउन २०८०, १३ : ४३

प्रतिक्रिया