काठमाडौँ- वर्षेनी नेपालले विभिन्न मुलुकमा फुल निर्यात गर्दै आईरहेको छ । गत आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा १ हजार ७०१ किलो फुल नेपालबाट विभिन्न मुलुकहरूमा निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा निर्यात भएको साढे १ हजार किलो भन्दा बढि ताजा फूलबाट १८ लाख ७८ हजार रुपैयाँ नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म ८९९ किलोे फुल निर्यात हुँदा १० लाख ३३ हजार रुपैयाँ नेपाल भित्रिएको थियो । तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष फूल निर्यात बढेको छ । गत आर्थिक बर्ष ८०२ किलो फूल बढि निर्यात भएको तथ्याङ्कले देखाएको छ ।
गत बर्ष नेपालबाट विभिन्न ५ वटा मुलुकहरूमा ताजा फूलहरू निर्यात भएको तथ्याङ्कले देखाएको छ । अस्ट्रेलिया, कुवेत, कतार, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिका मा नेपालले गत बर्ष फूल निर्यात गरेको तथ्याङ्कले देखाएको छ ।
अस्ट्रेलिया
यो बर्ष अस्ट्रेलिया सबैभन्दा बढि फुल निर्यात भएको छ ।
गत बर्षको तथ्याङ्क अनुसार १ बर्षमा सबैभन्दा धेरै फूल निर्यात अस्ट्रेलियामा भएको देखिएको छ । १ बर्षमा अस्ट्रेलियामा ६५० किलो फूल निर्यात भएको छ । जसबाट ३ लाख ६४ हजार रुपैयाँ नेपाल भित्रिएको छ । तर अघिल्लो आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म भने नेपालबाट अस्ट्रेलिया ताजा फूल निर्यात भएको छैन ।
कुवेत
यो बर्षमा सबैभन्दा कम फुल निर्यात कुवेतमा भएको छ ।
तथ्याङ्क अनुसार १ बर्षमा सबैभन्दा कम फूल निर्यात कुवेतमा भएको छ । १ बर्षमा कुवेतकम ६८ किलो फूल निर्यात हुदा १३ हजार रुपैयाँ नेपाल भित्रिएको छ ।
त्यस्तै गत आर्थिक बर्षको असारमसान्तसम्ममा कतारमा ४२५ किलो फूल निर्यात भएको छ । जसबाट ५९ हजार रुपैयाँ नेपाल भित्रिएको छ । यस्तै, युनाइटेड किंगडममा ४५३ किलो र संयुक्त राज्य अमेरिकामा १०५ किलो फुल निर्यात भएको छ । जसबाट क्रमशः १२ लाख ८ हजार रुपैयाँ र २ लाख ३५ हजार रुपैयाँ नेपाल भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया