निसानको चर्चित एसयूभी एक्स-ट्रेल नेपाल आउँदै

मंगलबार, १६ साउन २०८०, १७ : ११

काठमाडौँ - निसानको चर्चित एसयूभी एक्स-ट्रेल नेपाल आउने भएको छ । एक्स-ट्रेलको नयाँ जेनेरेशन मोडल नेपाल आउन लागेको हो ।

जापानीज कम्पनी निसानले विश्व बजारमा बिक्री गर्दै आएको एक्स-ट्रेलको नयाँ जेनेरेशन मोडल २०२२ को अन्तिममा आएको थियो । त्यही एक्स-ट्रेल काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘नाडा अटो शो २०२३’मा सार्वजनिक हुन लागेको हो ।

‘हामीले एक्स-ट्रेल नेपालमा बिक्री सुरु गर्ने तयारी गरिरहेका छौं । अहिले मूल्य लगायतका विषय टुङ्गीएको छैन । तर, अटो शोमा नेपाल आउने भने पक्का भएको छ’, पायोनियर मोटोकर्प  बताएको छ।


 

मंगलबार, १६ साउन २०८०, १७ : ११

प्रतिक्रिया