प्रत्यक्ष लाइभ सहित माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

बुधबार, १७ साउन २०८०, ०८ : ३४

 काठमाडौं- केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।

 पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन्।

यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाह सहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो । सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि पदाधिकारी बैठकले अनुमोदन गर्न लागिएको हो । 

केन्द्रीय समिति बैठक आज बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने उपाध्यायले बताए । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ ।

बुधबार, १७ साउन २०८०, ०८ : ३४

प्रतिक्रिया