काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया