आफ्‌नै छात्राहरुमाथी पटकपटक यौन दुर्व्यहार गरेको अपराधीक घटनाप्रति अखिल क्रान्तिकारी संगठन अत्यन्तै गम्भीर

बुधबार, १७ साउन २०८०, १६ : २५

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इतिहासदेखि नै लाखौंलाख उत्पीडित महिलाहरुको मुक्ति, न्याय, स्वतन्त्रता र सामाजिक एवं सांस्कृतिक रुपान्तरणको लागि हजारौं महिलाहरुको त्याग, तपश्य र वलिदानको साथ संघर्ष गर्दै आएको गौरवशाली संगठन हो ।

। अन्यायको विरुद्ध न्याय पक्षामा उभिनु आम क्रान्तिकारीहरुको दायित्व  हो । यसै सन्दर्भमा पनौती नगरपालिका –२ स्थित श्री कुशादेवी मा.वि.को शिक्षक छविरमण गौतमले आफ्‌नै छात्राहरुमाथी पटकपटक यौन दुर्व्यहार गरेको अपराधीक घटनाप्रति अखिल क्रान्तिकारी संगठन अत्यन्तै गम्भीर र आक्रोशित भएको र पीडित छात्राहरुलाई न्याय दिलाउन उक्त अपराधीक घटनामा संलग्न शिक्षक छवि गौतमलाई कानुनी दायरामा ल्याई तत्काल कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित पक्षलाई जोड्दार माग गर्दै  । आज एक प्रेश विज्ञप्ति जारी गरेको छ ।

Open photo

बुधबार, १७ साउन २०८०, १६ : २५

प्रतिक्रिया