नेपाल एसबिआई बैंकको ऋणपत्र खुल्यो, ९प्रतिशत ब्याजको लगानी

विहीबार, १८ साउन २०८०, ०८ : ५३

काठमाडौं - नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्काशन सुरु भएको छ। 

बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन आज साउन १८ गतेदेखि भएको हो। 

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्य ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो। 

सर्वसाधारण मध्यमा ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। 
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

आवेदन दिनका लागि धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयर प्रयोगगरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।ऋणपत्रको  निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।
 

विहीबार, १८ साउन २०८०, ०८ : ५३

प्रतिक्रिया