हिमालयन बैंक  धितो सुरक्षणमा रहेको सम्पत्ती लिलाम गर्दै हिमालयन बैंक

शुक्रबार, १९ साउन २०८०, ०९ : २०

काठमाडौं- हिमालयन बैंक लिमिटेडले धितोमा रहेको सम्पत्ती १५ दिनभित्र  लिलाम गर्ने भएको छ । समयावधि नाघेमा धितोमा रहेको घरजग्गा समेत लिलाम गर्ने जनाएको छ ।

 बैंकबाट कर्जा लिएका  ऋणी तथा सो को धितो जमानतकर्ताले ऋण लिंदा गरिदिएको लिखत र ऋण स्वीकृतीपत्रको शर्तमा तोकिए बमोजिम बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवा, किस्ता तथा ब्याज समेतका रकमहरु तिर्न बुझाउन पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी नवुझाई बैंकसँग भएको ऋण कर्जा सम्बन्धी शर्त कबुलियतहरु उल्लङ्घन गरेकोले कर्जा चुक्ता भुक्तान गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा पनि  सो बमोजिम समेत ऋणी तथा जमानतकर्ता कसैले पनि ऋण जमानत दायित्व फछ्यौट नगरेको हुनाले ऋणी एवं धितो जमानतकर्ताले  बैंकलाई लेखिदिएको  बमोजिमको चल अचल सम्पत्ति धितो जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं बैंक नियम अनुसार गोप्य शिलवन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरी बैंकले लेना असुल उपर गर्ने भएको छ । 

उक्त समयावधिभित्र  सम्बन्धित ऋणी तथा जमानतकर्ता तथा सम्बद्ध व्यक्ति समेतले सम्पत्ति लिलाम हुने दिन भन्दा अगावै बैंकमा उपस्थित भई आफुले बुझाउनु पर्ने सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा लिलामी कार्य रोक्न सकिने व्यहोरा समेत बैंकले गराएको छ । 

Open photo

शुक्रबार, १९ साउन २०८०, ०९ : २०

प्रतिक्रिया