काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।
आज सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। आज प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो पनि प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो।
आज चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलाको १ हजार ४२५ रुपैयाँमै चाँदी कारोबार भएको थियो। यो दिन चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो।
प्रतिक्रिया