४८ करोडको  मुसुराको दाल निर्यात

शनिबार, २० साउन २०८०, १६ : ५५

काठमाडौँ - नेपालले गत आर्थिक वर्ष २०७९र८० मा ४८ करोड ३३ लाख रुपैयाँको मुसुराको दाल निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष उक्त मूल्य बराबरको ३२ लाख ७२ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको हो ।

 नेपालबाट तीन वटा देशमा मुसुराको दाल निर्यात हुने गरेको छ । विभागको तथ्यांकअनुसार बंगलादेश, दक्षिण कोरिया र सिंगापुरमा मुसुराको दाल निर्यात हुने गरेको हो । यीमध्ये बंगलादेशमा सबैभन्दा धेरै रातो मुसुराको दाल निर्यात हुने गरेको छ ।

बंगलादेशमा ४२ करोड ३७ लाख रुपैयाँ बराबरको २९ लाख ८ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको छ । यस्तै, सिंगापुरतर्फ ५ करोड ५१ लाख रुपैयाँको र दक्षिण कोरियातर्फ ३३ लाख ९३ हजार किलोग्राम दाल निर्यात भएको छ ।
 

 

शनिबार, २० साउन २०८०, १६ : ५५

प्रतिक्रिया