निर्यातजन्य उद्योग स्थापना गर्न निःशुल्क जमिन उपलब्ध बनाउछौ : मन्त्री रिजाल

आइतबार, २१ साउन २०८०, ०७ : २६

काठमाडौं -उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदार्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन्।

जितपुर सिमरा उद्योग वाणिज्य संघको छैटौं स्थापना दिवसका अवसरमा हिजो शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले यो कर नहटाए संघीय सरकारले उचित कदम चाल्ने बताए।

मन्त्री रिजालले उद्योगी(व्यापारीले आर्जन गरेको आयकर तिरे पनि एकीकृत सम्पत्ति कर लगाएर दोहोरो कर स्थानीय सरकारले लिने गरेको जनाउदै तत्काल फिर्ता लिन स्थानीय तहलाई आग्रह गरे।

उनले भने,  ‘जीर्ण उद्योगलाई अब निजी क्षेत्रसमेतको सहभागितामा सञ्चालन गर्ने र सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगले तिर्नुपर्ने जग्गाको भाडा न्यून गरेर व्यवसायीलाई आकर्षित गर्ने योजना रहेको छ।’ निर्यातजन्य उद्योग स्थापना गर्न निःशुल्क जमिनसमेत उपलब्ध गराउन सकिने उनले जानकारी दिए।
 

आइतबार, २१ साउन २०८०, ०७ : २६

प्रतिक्रिया