चर्चामा निशा केसी र पशुपतिको झुक्याउन पाँइदैन

आइतबार, २१ साउन २०८०, ०७ : ३२

काठमाडौं - नेपाली बजारमा बिस्तारै तीजको रौनक देखिन थालेको छ , तीज नजिकिएसँगै बजारमा तीजका भाकाहरु गुञ्जिन थालेको छन् हिन्दु नारीको विशेषपर्वको रुपमा मनाईने तीजको अवसरमा बजारमा आएको झुक्याउन पाँइदैन बोलको गीतले दिनानुदिन चर्चा कमाउदै गएको छ । 

पशुपति शर्माको आफ्नै यूट्यूव च्यानल मार्फत बजारमा आएको झुक्याउन पाँइदैन बोलको गीतलाई अप्लोड गरेको दुई दिनमा २ लाख ५३ हजार भन्दा बढिले हेरेका छन् , हाल अष्ट्रेलियालाई कर्मथलो बनाउदै आएकि गायीका निशा केसीको धेरैजसो सृजना चर्चामा रहेका छन् । पशुपती शर्मासँगको सहकार्य आफ्नो लागी बडो लाभदायक भएको गायिका निशा केसीको भनाई छ ।

गत वर्ष पशुपति शर्मासँगको सहकार्यमा बजारमा आएको गीत मुटुमा खिल बस्यो अत्यधिक चर्चामा रहेका गीत अन्तर्गत पर्दछ । कामको ब्यस्तताको  बाबजुदपनि आफुले नेपाली लोकसंगीतलाई माया गर्न नछोडेको निशा बताँउछिन् । 

पशुपति शर्मामो शब्द, संगीत रहेको यस गीतमा गायीका निशा केसी र पशुपति शर्माले आवाज भरेका छन् । बिनोद बाजुरालीको एरेन्जर रहेको यस गीत मालाश्री स्टुडियोमा  रेर्कड गरिएको थियो । पछिल्लो समयको चर्चित मोडल अञ्जली अधिकारी र स्वयम् गायक शर्माको नृत्य रहेको उक्त गीतमा माया प्रेमका उतारचढावलाई समेटिएको छ । विदेशीभूमीमा रहेरपनि नेपाली लोकसंगितको विकास र संरक्षणका निमिक्त काम गर्न पाउदा आफू खुशि रहेको गायीका निशा केसीको भनाई छ । 

                                                                                                  

                                                                 

 

 

आइतबार, २१ साउन २०८०, ०७ : ३२

प्रतिक्रिया