एनएमबि बैंकको नाफा ३ अर्ब ४१ करोड, अन्य सूचक कस्ता ?

आइतबार, २१ साउन २०८०, ०८ : ५१

काठमाण्डौ - एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। उसर्थ बैंकको नाफा ३.६३ प्रतिशतले बढेको हो समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको लाभांश क्षमता ८ प्रतिशतसम्मको रहेको छ।

बैंकको खराब कर्जा अनुपात ९एनपीएल० बढेर २.७२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.४५ प्रतिशत थियो।  बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३ करोड ७२ लाख रुपैयाँमा सीमित थियोे।

बैंकको सञ्चालन मुनाफा ४ अर्ब ९४ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४ अर्ब ६५ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ४.११ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ८ अर्ब ३४ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो। 

बैंकको रिजर्भको आकार २५.७७ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा बैंकले २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८.५७ रुपैयाँ कायम भएको छ। 
 

आइतबार, २१ साउन २०८०, ०८ : ५१

प्रतिक्रिया