सुनको मुल्यमा सामान्य बढोत्तरी, आज कतिमा हुदैँछ कारोबार ?

८ महिना अगाडि

काठमाडौँ- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।  

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो। 

८ महिना अगाडि

प्रतिक्रिया