लक्ष्मी सनराइज बैंकको अपरिष्कृत वित्तीय विवरण प्रकाशन

आइतबार, २१ साउन २०८०, ११ : ०५

काठमाडौं-  लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ ।

 विवरण अनुसार बैंकको मुनाफा दुई अर्ब द्द६ करोड भन्दा बढि छ भने प्रतिशेयर आम्दानी झण्डै ११ रुपैयाँ पुगेको देखिएको छ ।

गत असार २९ गतेबाट लक्ष्मी बैंक र सनराईज बैंक आपसमा गाभिएर बनेको लक्ष्मी सनराईज बैंकको वित्तीय विवरण अघिल्लो आवको विवरणसँग तुलना गरिएको छैन । गत आवमा लक्ष्मी सनराईज बैंकले दुई खर्ब ९६ लाख निक्षेप परिचालन गरी दुई खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधीमा लक्ष्मी सनराईज बैंकले देशका अन्य ठूला बैंक सरह वित्तीय कारोबार गर्दै अघि बढ्न सफल भएको वित्तीय विवरणले देखाएको छ । मर्जरपछि एकीकृत वित्तिय विवरण अनुसार कूल २१ अर्ब ६७ करोड चुक्ता पुँजि रहेको बैंकको गत आवमा कूल १८ अर्ब ८६ करोड ब्याज आम्दानी गरी १३ अर्ब ३७ करोड रुपैयाँ निक्षेपकर्तालाई ब्याज वितरण गरेको छ । बैंकले कूल पाँच अर्ब ५० करोड ब्याज आम्दानी गर्न सफल भएको छ । त्यस्तै, फि तथा कमिशन बापत बैंकले झण्डै एक अर्ब अर्थात ९९ करोड रुपैयाँ कमाउन सफल भएको छ ।

त्यस्तै, कर्मचारी, कार्यालय सञ्चालन तथा अन्य व्यवस्थापन खर्चमा दुई अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको बैंकले तीन अर्ब ४२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ९३ करोड ७१ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात १६।५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ ।
लक्ष्मी सनराईज बैंकको जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।

आइतबार, २१ साउन २०८०, ११ : ०५

प्रतिक्रिया