काठमाडौँ- लामो समयको विवादपछि अन्ततः नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९को प्रस्तावित लाभांशमा संशोधन गरेको छ।
नेष्डो समृद्ध लघुवित्तको सञ्चालक समितिको शनिबार ९साउन २० गते० बसेको बैठकले उक्त आर्थिक वर्षका लागि अब चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश ९करसहित०मात्र वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
यसअघि गत वर्ष चैत १० गते संस्थाले बोनस सेयर, नगद तथा करसमेत गरी कुल ७३।६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। तर, राष्ट्र बैंकले गत वैशाख ४ गते नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांश घटाएर १७।९३४२ प्रतिशतमात्रै लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको थियो।
त्यसपछि नेष्डो समृद्ध लघुवित्त राष्ट्र बैंकले लाभांश कटौती गरेको भन्दै सर्वोच्च अदालतसम्म पुगेको थियो। तर, सर्वोच्च अदालतले गत जेठ २४ गते लाभांशसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। योसँगै नेष्डो समृद्ध लघुवित्तले राष्ट्र बैंकविरुद्धको मुद्दा हारेको थियो।
प्रतिक्रिया