काठमाडौँ - कारोबारको पहिलो दिन आईतबार आज शेयर बजार ३८.३७ अंकले बढेर २०५१ को विन्दुमा कायम भएको छ ।शेयर बजार आज घटेतानि केही कम्पनीहरुको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ । आइतबार आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।त्यस्तै, कृषि विकास बैंक, पिपल्स पावर कम्पनी, नेपाल एसबिआई बैंकको डिभेन्चरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

शेयर बजार आज उच्च अंकले घटेसँगै प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, बेष्ट फाइनान्स लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

सानिमा बैंकको आज १२ करोड माथिको सर्वाधिक शेयर कारोबार भएको छ।त्यस्तै, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, कृषि विकास बैंक, नबिल बैंक, प्रभु बैंक र प्रोगेशीभ फाइनान्सको सर्वाधिक खरिदबिक्रि भएको छ।

प्रतिक्रिया