कृषि विकास बैंकले सूचकमा भएको थियो त्रुटि सच्चाएको छ

सोमबार, २२ साउन २०८०, ०८ : ५७

काठमाडौं-  कृषि विकास बैंकले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा सच्चाएको छ। 

बैंकले आज एक सूचना जारी गर्दै वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयरमा भएको त्रुटि सच्चाएको हो।  गत साउन २० गते बैंकले चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको थियो।

 वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर १९.८९ रुपैयाँ उल्लेख थियो। अघिल्लो वर्ष यो ३५.६१ रुपैयाँ रहेको विवरण सार्वजनिक गरिएको थियो। बैंकले आज एक सूचना प्रकाशित गरी गत आर्थिक वर्षको चौथो त्रैमासमा वितरणयोग्य आम्दानी प्रतिसेयर १४.९२ रुपैयाँ र अघिल्लो वर्ष सोही अवधिमा २६.७० रुपैयाँ रहेको भनी सच्चाएको हो। 

kirsi

सोमबार, २२ साउन २०८०, ०८ : ५७

प्रतिक्रिया