सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

सोमबार, २२ साउन २०८०, १० : ५८

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ ।

आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाकै १ हजार ४२५ रुपैयाँमै किनबेच भएको थियो। 

सोमबार, २२ साउन २०८०, १० : ५८

प्रतिक्रिया