काठमाडौँ - यतिबेला नेपालबाट बेलायत गएर सांगीतिक कार्यक्रम गर्ने नेपाली कलाकारहरुमा खुबै लहड चलेको छ । नेपालका चलेका संगीतकर्मीहरुले बर्षमा कैयौ कार्यक्रम पनि भ्याई रहेका छन् । भने साथमा हास्य कलाकारहरुको पनि कार्यक्रममा उत्तिकै माग देखिन्छ ।
यसै सिलसिलामा आगामी १९ अगष्ट २०२३ मा बेलायतको अल्डरशटमा अर्को सांगीतिक तथा हास्य ब्याङग्य कार्यक्रमको आयोजना हुदैछ । सुम्निमा इन्टरटेण्मेण्ट युकेले आयोजना गर्न गइरहेको उक्त कार्यक्रममा खोर्सानी डल्ले गायक भिषण मुकारुङ राई तयारी अबस्थामा छन् । त्यसै गरि नेपाली हास्य ब्यङग्य क्षेत्रका चर्चित कालाकार फुलन्देको आमा अर्थात उमेश राई पनि बेलायत गइसकेका छन् । कार्यक्रममा फुलन्देको आमाले बेलायतबासी आफ्ना शुभचिन्तकहरुलाई यसपाली राम्रैसँग हसाउने आयोजकको अपेक्षा छ ।
नेपालदेखि नै आएका अर्का उदयमान गायक निश्चल राई भिषणसंगै तीन महिना अगाडी बेलायत आएका हुन् । बेलायतमा साथीभाई तथा शुभचिन्तकहरुबाट रामे लक्षे नाम पाएका यी दुई दाजुभाईले बेलायतभरी करीब २० वटाजति कार्यक्रम त भ्याइसकेका छन् र सुम्निमा साँझ २०२३ नाम दिइएको उक्त कार्यक्रमबाट लगभग आफनो बसाई बिट मार्ने सोचमा छन् ।
उता नेपालदेखि स्थाई बसोबासका लागि गएका कलाकारहरुको ठुलै जत्था पनि बेलायतमा भेला भइसकेका छन । नेपाली तारामा रनरअप भएका चर्चित गायक तारा लक्सम लिम्बु, मुन्दुमी गायिका जानुका राई देखि गायक श्याम सामसोहाङ राईले पनि उक्त कार्यक्रममा प्रस्तुती दिने कार्यक्रमका आयोजक संस्था सुम्निमा इन्टरटेण्मेण्ट युकेका अध्यक्ष कपिल राईले जानकारी दिएका छन् ।
पछिल्लो समय संगीतभन्दा नेपालका पर्यटन क्षेत्रको बिकासमा बढि लागी परेका श्याम सामसोहाङ राईले हालै केही महिना अगाडी नेपाल आएर मुन्दुम टेल नामक संस्मराणत्मक पुस्तक पनि बजारमा ल्याएका थिए । उक्त पुस्तक नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उद्देययन मन्त्री सुदन किरातीले एक समारोहका बिचमा सार्बजनिक गरेका थिए ।
नेपाल बाहिर आएपछि नेपालको माया बढि हुने रहेछ त्यसैले नेपालीहरुलाई गीत संगीतको माध्यमबाट नेपालको सम्झना मेटाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको कुरा आयोजक संस्थाका सचिव समेत रहेका मनिका राईले बताइन् । आगामी दिनमा यस्ता खाले कार्यक्रमले अझ निरन्तरता पाउने पनि उनले बताइन् ।
प्रतिक्रिया