शिखर इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल नियुक्त

सोमबार, २२ साउन २०८०, १६ : ३४

काठमाडौं-  शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् ।कम्पनीको साउन १९ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको राजिनामा स्विकृत भएसँगै आगामी साधारण सभासम्मको लागि अग्रवाललाई सो पदमा नियुक्त गरेको कमपनीले जानकारी दिएको छ ।

सोमबार, २२ साउन २०८०, १६ : ३४

प्रतिक्रिया