काठमाडौं- गए रातिदेखि अविरल परेको पानीका कारण काठमाडौंको विभिन्न ठाँउमा क्षति पुर्याएको छ । त्यसमध्ये धोबी खोलाले जल सतह पार गरेर सडकसमेत नाघ्न थालेको छ।
नदी किनारका घरहरू डुबानमा परेको स्थानीयले बताएका छन्। अहिले त्यस क्षेत्रमा निरन्तर वर्षात् भइरहेको छ। त्यसैगरी अनामनगर क्षेत्रमा धोबी खोलाले जल सतह पार गरिसकेकाले बाढीको जोखिम बढेको छ। उता सामाखुसी खोलामा पनि जल सतह खतराको तह पार गरेर बस्तिमा पानी खोला पसेको छ।
विष्णुमती, मनोहरा लगायतमा जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।
फोटो फिचर सहित







प्रतिक्रिया