ब्राण्डवर्थ प्रालीको आयोजनामा '८० सालको गाईजात्रा' सञ्चालन हुदैँ

मंगलबार, २३ साउन २०८०, ०९ : ४२

काठमाडौं- लामो समय पछाडि फेरि गाईजात्रा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने भएको छ ।

''८० सालको गाईजात्रा'' नाम दिइएको यो कार्यक्रम भाद्र १३ गतेदेखि १८ गतेसम्म आयोजना हुनेछ ।  गाईजात्रा कार्यक्रमको आयोजक ब्राण्डवर्थ प्राली रहेको छ ।  

कोरोना पछाडि पहिलोपटक आयोजना हुन लागेको यस गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल , चिप्लेटी अङ्कलु, सीता न्यौपाने, राधिका कंडेल, दीपक प्रसाद आचार्य ुकाकुु, प्रभात लामा, रुबिना अधिकारी लगायतका कलाकारहरुले''८० सालको गाईजात्रा'' मा दर्शकहरूलाई हँसाउनेछन् ।  

जेसीस, लायन्स लगायतका संस्थाहरुसंगको सहकार्यमा ब्राण्डवर्थ प्रालीले उपत्यका बाहिर पनि  '८० सालको गाईजात्रा' आयोजना गर्दै छ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने पक्का भईसकेको  छ । साथै  अन्य सहरमा पनि ''८० सालको गाईजात्रा'' आयोजना हुनेछ ।  

कोरोना महामारीका दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेको यस प्राली यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि  ुडिजिटल गाईजात्राु प्रसारण गर्नेछ ।  ७ एपिसोडमा प्रसारण हुने डिजिटल गाईजात्राको पोस्ट प्रोडक्सन सकेर कलाकारहरु रङ्गमञ्चमा हुने ''८० सालको गाईजात्रा''' को रिहर्सलमा व्यस्त छन् ।

gaijatra

मंगलबार, २३ साउन २०८०, ०९ : ४२

प्रतिक्रिया