काठमाडौँ -गएरातिदेखि निरन्तर परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाँउमा ठूलो मात्रामा भौतिक क्षति भएको छ ।
विभिन्न ठाँउमा बाटो बिग्रनुको साथै बस्तिमा बाढि पसेर जनजिवन कस्टकर बनेको छ । बागमती नदीमा आएको भीषण बाढी कारण करिडोर सडक प्रभावित हुनुका साथै वस्तीहरु नराम्ररी प्रभावित भएका छन् ।
राजधानीको गौरीगाट, युएन पार्क, थापाथली लगायतका स्थानमा कतिपय घरहरुमा समेत बाढी पसेका छन् । सबैभन्दा बढि सुकुम्बासी बस्तीहरुमा बाढीले बेहाल बनाएको छ । सुकुम्बासी बस्तीमा बाढी पसेसँगै स(साना बालवालिका र बृद्धहरुको अवस्थामा प्रत्यक्ष रुपमा असर पुगेको हो । बाढीका कारण करिडोर सडकहरुमा सवारीआवागमन अवरुद्ध बनेको छ भने नदी किनारमा बनाइएका पार्कहरु पनि बगाएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ । बाढी भीषण रहेकाले बागमतीको नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बागमती नदी आसपासमा रहेको सुकुम्बासि बस्तिको अवस्था फोटो फिचर






प्रतिक्रिया