काठमाडौँ - नेपाली बजारमा मंगलबार सुन–चाँदीको भाउ ओरालो लागेको छ।
सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावल सुन १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएके छ।
हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया