काठमाडौं : दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ ।
किंग्स क्लबका अध्यक्ष अञ्चल शाहीको अध्यक्षता राष्ट्रिय प्रजातन्त्र पाटीका नेता दिल विकाश राज भण्डारीको प्रमुख आथित्यता र गण्डकी प्रदेश भलिवल संघका अध्यक्ष नविन गुरुङ लगायत अन्य विशेष ब्यक्तिहरुको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त उद्घाटन सत्र प्रमुख अतिथी र क्लब अध्यक्षद्धारा दिप प्रज्वलन तथा पहिलो म्याचका पहिलो सर्भिस गरेर गरिएको थियो ।
खेलाडिसँग परिचयात्मक कार्यक्रम सहित सुरु भएको उक्त उद्घाटन विशेष रहेका क्लबका महासचिव लक्ष्मण काप्रीले जानकारि दिनुभएको छ । हिजो अर्थात मंगलबारबाट सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन वर्षाका कारण ढिला सुरु हुँदा पहिलो चरणमा ४ मध्ये ३ खेल मात्र सम्पन्न भएको छ। मंगलबारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित हात पारेको हो भने पुलिस क्लबले नेपाल गणतान्त्रिक महासंघलाई ३-० को अन्तरमा पराजित गरेको हो ।
पुलिसले महासंघलाई २५-१४,२५-१३ र २५-२० ले पराजित गरेको हो । दोस्रो खेलमा खोटाङ नेशनल युवा संघलाई पराजित गरि जीएम समाजले सुखद सुरुआत गरेको थियो । जीएम समाज २५-२०, २०-२५, २५-१८ र २५-२३ सेटमा विजयी भएको थियो । त्यस्तै तेस्रो म्याचमा आयोजक किंग्स क्लब काठमाडौंलाई पराजित गरि गन्डकी प्रदेशले सुखद सुरुआत गरेको छ । आयोजक किंग्स क्लबलाई गन्डकीले ३० को अन्तरमा तीनै सेट पराजित गरेको हो ।२५-१७, २५-१६ र २५-२३ को सेटमा गन्डकी विजयी भएको हो ।
त्यस्तै समय अभाव र मौशमका कारण हिजो थोरै मात्र म्याच सञ्चालन भएको भन्दै आज बुधबार भने निरन्तर पाँच खेल सञ्चालन हुने अध्यक्ष शाहीको भनाई छ । आठ टिमको सहभागीता रहेका उक्त प्रतियोगीतामा समूह ए मा आयोजक किंग्स क्लब सहित खोटाङ नेशनल युवा संघ, गण्डकी प्रदेश र जीएम समाज रहेका छन् । भने समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लब तथा कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ रहेका छन् ।
प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ। आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छन् ।
केहीँ तस्विर हेर्नुहोस्




प्रतिक्रिया