ढुवानीका क्रममा टेलिकमले हरायो १० लाखको रिचार्ज कार्ड

बुधबार, २४ साउन २०८०, ०८ : ४१

काठमाडौं-  नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। 

बुधबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो। 

टेलिकमका अनुसार सि.नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको बताएको छ। ती कार्ड खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ। 
                                             

                                                 थप सूचना सहित 

recharge

बुधबार, २४ साउन २०८०, ०८ : ४१

प्रतिक्रिया