अवरुद्ध बन्यो वैदेशिक रोजगार विभागको अनलाइन सेवा

बुधबार, २४ साउन २०८०, ०९ : ५०

काठमाडौं- वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ ।

विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।

विभागका अुनसार एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुने भएको हो । यसो हुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन मिल्दैन । यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको छ ।
 

suchana

बुधबार, २४ साउन २०८०, ०९ : ५०

प्रतिक्रिया