काठमाडौं- मनाङको ङिस्याङ गाउँपालिका मनाङ गाउँमा यार्तुङ पर्व (घोडादौड) सुरु भएको छ। यस पर्वले गाउँमा सुख शान्ति छाउनुको साथै मेलमिलाप र भाइचारा कायम गर्ने विश्वास रहेको छ । गाउँका सबै भेला भइ पाँचदिन सम्म चल्ने यस पर्व मनाङ गाउँबाट सुरु भई पिसाङ, घ्यारु, र खाङसार गाउँमा मनाइन्छ । -नवीन लामिछाने/रासस
प्रतिक्रिया