सुनको मुल्यमा गिरावट कायमेै, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, २४ साउन २०८०, १० : ४९

काठमार्डौँ-  लगातार चौँथो दिन पनि सुनको भाउ घटेको छ । 

 आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

बुधबार, २४ साउन २०८०, १० : ४९

प्रतिक्रिया