काठमाण्डौ- किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यहीँ अवधिको तुलनामा १११०.६६ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष यही अवधिमा संस्थाले ११ लाख २६ हजार रुपैयाँमात्र नाफा आर्जन गरेको थियो, संस्थाको सञ्चालन मुनाफा १४२ प्रतिशतले बढेर १ करोड ९४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८० लाख ४७ हजार रुपैयाँमा सीमित थियो।
संस्थाको खुद ब्याज आम्दानी २५ करोड ७० लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा २९.०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी ३६ करोड २२ लाख रुपैयाँ थियो। समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ९एनपीएल० बढेर ५.९५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४.८८ प्रतिशत थियो।
समीक्षा अवधिसम्म संस्थाले ४ अर्ब ३८ करोड रुपैयाँ सापटी लिई ६ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
प्रतिक्रिया