मन्दीको असरः सटर छाडेर फुटपाथमा व्यापार

विहीबार, २५ साउन २०८०, ०९ : ३२

काठमाडौं- बाराको व्यापारिक मुख्य सहर र बजारमा सटर छाडेर फुटपाथमा व्यापार गर्नेहरु बढ्न थालेका छन् ।

 घट्दो व्यापारसँगै सटरको भाडा तिर्न कठिन भएपछि जिल्लाका मूख्य सहर बजारमा सटर छाडेर फुटपाथमा व्यापार गर्नेहरु बढ्न थालेका हुन् ।  जिल्लाका प्रमुख सहर जितपुर, कलैया, सिमरा तथा परबानीपुर, नितनपुर लगाएतका बजारमा सटर बन्दभएप्छि फुटपाथ व्यापार भने हराभरा बन्दै गएको छ ।

जिल्लमा १० र १२ साईजको सटर प्रयोग गरेवापत व्यवसायीले भित्री बजारमा १५ हजारसम्म र मुख्य सहर चोक बजारमा ३५ हजारसम्म मासिक भाडा बुझाउने गरेको व्यावसायीहरुको भनाइ छ । जितपुरको भित्री बजारको सटर छाडेर फुटपाथमा व्यापार थालेका एक व्यवसायीले भने,‘आफ्नो रोजगारीको कुरै छाडौ, सटर भाडा तिर्न नसक्ने भए पछि फुटपाथमा व्यापार थालेको छ ।’ मन्दीको समयमा पनि सटर भाडा उही रहँदा दैनिक जिवन यापन चलाउन पनि सडक व्यापार गर्नु परेको ती व्यवसायीले बताए ।

‘विगतमा न्यून आय भएका परिवारले, कम लगानीमै कर नतिरी, बिना सटर, कम लगानीमै गुजारा चलाउन फुटपाथ प्रयोग गरी व्यापार गर्ने गरेको उद्योग वाणिज्य संघ सिमराका पूर्वअध्यक्ष शिब पौडेलले बताउँछन् । उनका अनुसार फुटपाथको व्यापार व्यवस्थित गर्न स्थानीय सरकार गम्भिर हुनु पर्नेमा उनले जोड दिए ।

 पूर्वअध्यक्ष पौडेलले व्यावसायिक प्रयोजनका बन्द सटरको भाडा हाललाई न्युनतम राखेर सञ्चालनमा ल्याउन उद्योग वाणिज्य संघले समन्वय गर्ने तथा स्थानीय सरकारले सटरभाडा, बाहल करमा छुट लगाएतका काम गर्नु पर्ने बताए । कलैंया, जितपुरसिमरा, निजगढ, परबानीपुर लगाएतका पालीकाले व्यावसायीक तथा निजी सटरको तथ्यांक तथा पूर्ण विवरण अझसम्म पनि राखेका छैनन् । विगतमा फुटपाथ अतिक्रमण गरेका बाहेक पनि दैनिक थपिदै गए पछि जितपुर सिमरा उपमहानगरले कारबाही गर्ने बताएको छ । 

उपमहानगरका प्रमुख राजन पौडेलले फुटपाथमा व्यापार गर्नु र गराउनु दुबै प्रचलित कानुन कानून विपरीत रहेको उल्लेख गरे । पथलैया–विरगंज व्यापारीक मार्ग आयोजनाले फुटपाथमै व्यापार बढेपछि भिडभाड बढेर ट्राफिक व्यवस्थापनमा बाधा पुगेको छ ।

सडक दुर्घटना हुने सम्भावना बढेपछि प्रहरी, प्रशासन, जनप्रतिनिधि तथा सरोकार पक्ष राखेर पथलैया, सिमरा, जितपुर, परबानीपुर बजारको फुटपाथ खाली गराउने निर्णय भएको आयोजनाका प्रमुख दिपेन्द्र पाण्डेले बताए । पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रूपमा वृद्धि भएपछि व्यवसाय चलाउन नसक्दा व्यवसायीहरू पलायन हुने क्रम बढेसँगै देशभरका सहरी क्षेत्रमा व्यावसायिक सटर बन्द भैरहेका छन् । आजको कारोवार दैनिकमा समचार छ 

विहीबार, २५ साउन २०८०, ०९ : ३२

प्रतिक्रिया