काठमाडौं: २९ विश्व आदिवासी दिवस कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समेत भव्य कार्यक्रमको साथ मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाल प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले आदिवासी जनजाति भनेको आफ्नो परम्परा रितिरिवाज साँस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना लिखित वा अलिखित इतिहास भएको समुदाय भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो “कानुनले आदिवासी जनजातिहरुलाई दिएको अधिकारलाई व्यवहारमा प्रयोग गर्दै रक्षा गर्न जरुरी छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षालाई सफल बनाउन सम्पूर्ण समुदाय समान अवसर र न्याय प्रत्याभुति गर्ने राज्यको निति रहेकोले आदिवासी जनजातिको सामाजिक आर्थिक र साँस्कृतिक पक्षको विकास गरि राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा पहुँच र प्रतिनिधित्व सुनिश्चित हुँदै जाने विश्वास लिएको छु ।”
त्यस्तै कार्यक्रमका विषेश अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश सभाको सभामुख जनजातिको छोरी हुनु नै गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो “खस भाषाको उद्गम थलो नै कर्णाली हो त्यसैले कर्णालीको सभ्यता र पहिचान बचाउनकालागि सबैले हातेमालो गर्न जरुरी गरहेको छ ।” कार्यक्रममा विभिन्न जातिय संस्थाले आआफ्नो पहिचानको झाँकी प्रस्तुत गरेका थिए । वीरेन्द्रनगर बजार परिक्रमा गरेको झाँकीको प्रमुख आकर्षण नेवा समुदायको धिमे बाजा र लाखे नृत्य रहेको थियो।
प्रतिक्रिया