सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, २५ साउन २०८०, ११ : ०३

काठमाडौँ- नेपाली बजारमा बिहीबार पनि सुनको भाउ घटेको छ । 

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो। 

 
 

विहीबार, २५ साउन २०८०, ११ : ०३

प्रतिक्रिया