काठमाडौं– बुद्ध एयरले १६औं जहाजको रुपमा एटिआर विमान भित्र्याएको छ ।
बुद्धले ९ एन एएनडब्लु कल साइन भएको एटिआर ७२ विमान नेपाल भित्र्याएको हो । ‘हामीलाई यो कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ कि हामीले कल साईन ९ एन एएनडब्लु सहितको १६ औं एटिआर ७२ एयरक्रयाफ्ट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छौं,’ बुद्ध एयरले भनेको छ ।
नेपाली यात्रुहरूका लागि पनि बुद्धले हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप कार्य गर्दै आएको जनाएको छ। सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्रुले आफ्नो समयअनुकूल उडान भर्न सक्ने बुद्धले जनाएको छ।
योसंगै एटिआर ७२—५०० एयरक्र्याफ्ट विमानको संख्या १३ पुगेको छ । त्यस्तै एटिआर ४२ —३०० ३ वटासहित अब बुद्धसंग जम्मा विमानको संख्या १६ पुगेको बुद्ध एयरका सञ्चार अधिकृत दिनेश कर्णले जानकारी दिएका छन् ।

प्रतिक्रिया