काठमाडौं - गायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’पछिल्लो केहीँ दिन यता चर्र्चामा रहेको छ ।
प्रेमभावमा यश कुमार स्वयंले शब्द रचना गरेको यो गीतमा संगीत पनि उनले नै भरेका छन् । गीतमा यशलाई अनु चौधरीले गायनमा साथ दिएकी छन् । गीतको भिडियोमा सडकमा मकै पोलेर बेचेर गुजारा गर्ने युवती र नगरप्रहरी जवानबीचको प्रेम सम्बन्धको कथालाई उनिएको छ ।
जसमा यश कुमार र अनु थापाले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्म भनिएको यो गीतको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाले पनि अभिनय गरेका छन् ।
भिडियोमा सडकमा व्यापार गर्नेका पीडा, नगरप्रहरीका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ । यश कुमारकै कथा रहेको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् ।
गीतलाई ‘यश कुमार अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । तीन दिनको अन्तरमा २२ लाख ४२ हजार माथीले गायक यशका गीतलाई हेरेका छन्, सामाजिक सञ्जालका टिकटक , फेशबुकमा समेत उत्तिकै चर्चामा रहेको गीत नेकपा एमालेको अध्यक्ष केपी शर्मा वलीले सामाजिक संजालमा तारिफ गरेर शेयर गरेसँगै गीतको चर्चा चुलिएको हो । गायक यशका योसँगै दर्जनौ गीत चर्चामा रहेका छन ।

प्रतिक्रिया