सुनचाँदीको मूल्यमा स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतबार, २८ साउन २०८०, १० : ५६

काठमाडौं- आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

गत शुक्रबार प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

त्यस्तै, शुक्रबार प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आजपनि  सोही मूल्यमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य पनि गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।  चाडपर्वको नजिक भएतापनि सुनचादीँ व्यापारमा खासै उल्लास नदेखिएको ब्यवसायीहरुको भनाई छ । 

आइतबार, २८ साउन २०८०, १० : ५६

प्रतिक्रिया