एनएमबि बैंकको दुई शाखा स्थानान्तरण गर्दै

आइतबार, २८ साउन २०८०, १३ : ००

काठमाडौं-  एनएमबि बैंक लिमिटेडको धरान शाखा र चुलाचुली शाखा स्थानान्तरण हुने भएको छ ।

बैंकले हाल सुनसरी, धरान उप–महानगरपालिका वडा नं. २, महेन्द्रपथमा अवस्थित धरान शाखा सोही उप–महानगरपालिकाको वडा नं. १०, पुतलीलाईनमा र ईलाम, चुलाचुली गाउपालिका वडा नं. २, चुलाचुलीमा अवस्थित चुलाचुली शाखा सोही गाउपालिकाको वडा नं. ४, चुलाचुलीमा स्थानान्तरण गर्ने जनाएको छ ।

आइतबार, २८ साउन २०८०, १३ : ००

प्रतिक्रिया