कवि जानुका भट्टराईको बाल कविता सङ्ग्रह 'फराकिलो धर्ती' बिमोचन

आइतबार, २८ साउन २०८०, १५ : ५७

काठमाडौँ- काव्य घर र कवि जानुका भट्टराईको बाल कविता सङ्ग्रह 'फराकिलो धर्ती' बिमोचन सम्पन्न भएको छ । 

काव्य घर नेपालको आयोजनामा   सुर्य बिनायक सिपाडोलमा कृतिकारका आफ्नै जन्मदाता शारदा भट्टराई र अन्य बिशिस्ट अतिथिहरुको हातबाट सामुहिक रूपमा कृति बिमोचन गरिएको थियो । उक्त कविता सङ्ग्रहमा ३२ वटा फरक फरक बाल कविता समेटिएको छ । 

 कार्यक्रममा साहित्यकार ललिता दोषीले  फराकिलो धर्ती कृति भित्रको टिप्पणी गर्नु भएको थियो । सो कृति साधारण बोलचालको शैलीमा आएकोमा बधाई  पनी दिनु भयो । कविका सिर्जना अत्यन्तै मौलिक र सरल रहेकोे उहाँले बताउनु भयो ।

बिमोचित कृतिकारलाई साहित्यकार जलेश्वरी श्रेष्ठ , बाल सखा पत्रकार भरत अधिकारीले बधाई शुभकामना सहित कृति सफलताको कामना गर्नु भयो । कवि जानुका भट्टराईले कृति आफन्त र जन्मदाता आमाको भुमिका महत्त्वपूर्ण रहेकोे बताउनु भयो ।भट्टराईले आफ्नो यो तेस्रो कृति रहेकोे जानकारी पनि गराउनु भएको थियो ।


 काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्काले  भाषा साहित्य संस्कृतिको पक्षमा काम गर्ने गरि सस्था स्थापना भएको र बिकृति बेथिति विरुद्ध काव्य घरले पीडितका पक्षमा काम गर्ने र पीडितका न्यायका लागि कदम कदम पाइला चाल्ने स्पष्ट पार्नु भयो ।

काव्य घर नेपाल प्रकाशक सस्था समेत रहेकोले कार्यक्रम आयोजना गर्दा डिजिटल तथा प्रविधि मैत्री कार्यक्रमलाई प्राथमिकतामा रहेको अध्यक्ष राजकुमार खड्काले बताउनु भयो ।

रेणुका भट्टराईले संचालन गर्नु भएको सो कार्यक्रममा प्रकाशक तथा आयोजक सस्थाको अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा सप्पन्न भएको थियो ।

आइतबार, २८ साउन २०८०, १५ : ५७

प्रतिक्रिया