नेपालमा उत्पादित अचार अन्तराष्ट्रिय बजारमा बिक्रि १० करोडको निर्यात

सोमबार, २९ साउन २०८०, ०९ : ०४


काठमाडौं- आर्थिक वर्ष ०७९ र ८० मा नेपालबाट १० करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार एक आर्थिक वर्षमा १ लाख ६० हजार ६७२ किलो अचार निर्यात भएको हो । मुलुकबाट सबैभन्दा बढी अचार अमेरिकामा ३ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ । 

कोरियामा १ करोड ६८ लाख ९४ हजार, जापानमा १ करोड ६६ लाख ७६ हजार र अस्ट्रेलियामा १ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।  बेल्जियम, क्यानडा, हङकङ, इटाली र लन्डनमा समेत नेपाली अचार निर्यात भएको विभागले जनाएको छ ।

यी नाम उल्लेखित देशमा अचारको बजार व्यवस्थित हुदै गएसंगै नेपालमा अचार उत्पादन कम्पनिलाई फाईदा पुगेको हो अत्यधिक मात्रामा माग भएको अचारमा नेपालका विभिन्न जडिबुटीको मिश्रण भएको कारण स्वास्थका लागि समेत फाईदा गर्ने स्वास्थ्य विज्ञहरुको भनाई रहेको छ । 

हरेक वर्ष दात खोल्ने सिन्का देखि सियोसम्म आयात हुने देशमा उत्पादित अचार अन्तराष्ट्रिय बजारमा करोेडौंको व्यापार हुनु देशकै निमिक्त फाईदा र गौरव योग्य विषय रहेको विज्ञहरुको भनाई छ । यसरि अन्तराष्ट्रिय बजारमा अचार बिक्रि हुदा नेपालको उत्पादन बढ्नुको साथै स्वदेशमा धेरैको रोजगारको अवसर मिल्दछ ।  

सोमबार, २९ साउन २०८०, ०९ : ०४

प्रतिक्रिया