सुनको मुल्यमा सामान्य बृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

सोमबार, २९ साउन २०८०, १० : ४८

काठमाडौँ-  नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । 

 आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन   १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

 

सोमबार, २९ साउन २०८०, १० : ४८

प्रतिक्रिया