मुस्ताङमा बाढीले घर,होटल सहित प्रहरी चौकी र पुल बगायो(फोटो फिचर)

सोमबार, २९ साउन २०८०, १० : २०

काठमाडौं- मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा हिजो साँझ बाढीले १० घरसहित प्रहरी चौकी र पक्की पुल बगाएको छ ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको लेटो सहितको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङका अनुसार बाढीले १० घर, होटल, प्रहरी चौकी, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताएको हो।

कागबेनी भन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन’, उनले भने, ‘बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ ।‘ मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताएका छन्। पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको थियो । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध भएको छ ।

विद्युतका पोल ढलेकाले विद्युत आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ। मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । 

367406606_836985544280856_1775354325028899864_n367409229_2475685499260375_7568018488683149500_n367409878_669950488009650_8377827746392893135_n367410975_1532586797147907_308629885946104255_n (1)367410975_1532586797147907_308629885946104255_n367420256_664388828936651_2604826587880312399_n367422560_776293754253966_6151629996445672767_n367430952_6124813414297405_1046609622906138230_n

सोमबार, २९ साउन २०८०, १० : २०

प्रतिक्रिया