काठमाडौं- रोयल इनफिल्डले ‘लेडी राइडर मिट’ सम्पन्न गरेको छ । श्रावण महिनाको अवसर पारेर कम्पनीले नक्साल शोरुममा लेडी राइड मिट कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीका अनुसार मेहंन्दी संस्कृति प्रवद्र्धन, महिला शशक्तिकरण, रोड सेफ्टी, राइडिङ सेफ्टी तथा टू ह्वीलर्स टूरिजम प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटोमोटिभले शुक्रबार नक्साल स्थित शोरुममा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
लेडी राइडर मिटमा कम्पनीले हालै मात्र सार्वजनिक गरेको नयाँ क्लासिक ३५० र स्क्रयाम ४११ को सबै राइडरहरुले टेष्ट राइड गरेर प्रतिक्रिया दिएका थिए । सोही कार्यक्रममा मेहन्दी कलाकारद्धारा राइडहरुलाई मेहेन्दी लगाउने तथा मायाको चिनो प्रदान गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै रोयल इनफिल्ड र यूनेस्कोबीच अमूर्त सम्पदा प्रवद्र्धन गर्न ‘ग्रेट हिमालयन एक्सप्लोरेसनका’ लागि सहकार्य गरिएको कम्पनीले जनाएको छ । यस अन्तर्गत यूनेस्को र अल्फा अटोमोटिभले सांस्कृतिक परम्परा, संगित, नृत्य, नाटक, चाडपर्व, भोजन परम्परा पहिचान तथा अभिलेखिकरणका लागि सचेतना फैलाउने कार्यमा सहकार्य गरेर अघि बढ्ने भएको छ ।
प्रतिक्रिया