भदौ २६ देखि ३१ गतेसम्म  ‘नाडा अटो शो’ हुदैँ

मंगलबार, ३० साउन २०८०, १२ : ११

काठमाडौँ-  चाडपर्व नजिक आएसँगै अटोमोवाइल बजारमा गतिविधि बढाउन विगतदेखि आयोजना हुँदै आएको ‘नाडा अटो शो’ ४ वर्षदेखि हुन सकेको थिएन । यसपटक भने आगामी भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा अटो शो आयोजना हुन लागेको हो ।

चार वर्षपछि आयोजना हुन लागेको ‘नाडा अटो शो २०२३’मा २२ वटा दुई पाङ्ग्रे सवारीसाधन ब्राण्डहरुले सहभागिता जनाउने भएका छन् । यस पटकको अटो शोमा पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल र स्कुटरको तुलनामा विद्युतीय दुई पाङ्ग्रे साधन धेरै सहभागि हुने भएका हुन् ।

अटो शोमा भाग लिने कम्पनीको सूचीमा १० वटा मात्रै पेट्रोलियम पदार्थबाट चल्ने दुई पाङ्ग्रे साधनको ब्राण्ड उपस्थित हुनेछन् । ईभी ब्राण्ड भने १२ वटाले आफ्नो उत्पादन प्रदर्शनी गर्ने छन् ।


लोमो अन्तरालमा हुन लागेको अटो शोमा यामाहा र हिरोले सहभागिता जनाउने छैन । यामाहाले भाग लिन इच्छा देखाएन भने हिरोको डिलर सिप नै नभएको अवस्था छ ।

यी दुई ब्राण्ड बाहेक चल्तीका अधिकांश ब्राण्ड अटो शोमा रहने छन् । बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम जस्ता धेरै मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनी अटो शोमा रहने छन् ।

यसका साथै, जोन्टेस, भेष्पा, अप्रिलिया, जावा, रोयल इनफिल्ड, बेनेली जस्ता ब्राण्डले अटो शोमा भाग लिनेछन् । यी ब्राण्डले ग्राहक आकर्षित गर्न नयाँ नयाँ मोडल ल्याउने अनुमान गर्न सकिन्छ ।

त्यस्तै, इलेक्ट्रीक दुई पाङ्ग्रेतर्फ इभोक, स्लेन, एफ्टेक, सनरा, प्योर इभी, कोमाकी, इलेक्ट्रीक वान, सेगवे, एनआईयू, याडिया र लेभ्निङ सहभागी हुने भएका छन् ।

अटो शोमा इलेक्ट्रीक साइकल बिक्री गर्ने कम्पनी लेक्ट्रो समेत सहभागि हुने छ ।

मंगलबार, ३० साउन २०८०, १२ : ११

प्रतिक्रिया