कियाको ग्राहक लक्षीत स्कीम संचालनमा

मंगलबार, ३० साउन २०८०, १२ : ३३

काठमाडौं-  कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले लामो समयपछि ग्राहक लक्षीत स्कीम संचालनमा ल्याएको छ । कम्पनीले कियाको कार किन्दा ५ फाइदा हुने स्कीम संचालनमा ल्याएको हो ।

‘मनसुन मेनीया’ नाम दिइएको यो स्कीममा गाडी किन्नेलाई कियाले ५ अफर दिएको छ । कम्पनीले बिक्री गर्दै आएको कारेन्स, सोनेट र सेल्टोस जस्ता मोडलमा अफर लागु हुने कम्पनीको भनाई छ ।

यस स्कीममा गाडी किन्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । यसअघि किया ‘नो डिस्काउन्ट पोलिसी’ अपनाएर गाडी बिक्री आएको कम्पनी हो ।


मनसुन अफरमा पुराना कुनै पनि ब्राण्डको गाडी ल्याएर कियाको नयाँ गाडीसँग एक्सचेन्ज गर्दा अतिरिक्त १ लाख रुपैयाँ एक्सचेन्ज बोनस दिने कम्पनीले जनाएको छ ।

एक वर्षको पुर्ण बीमा, १० पटकसम्म निःशुल्क सर्भिस सुविधा र एक वर्षको सवारी कर पनि कम्पनीले ब्योहोर्ने जनाएको छ ।

भारतीय उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै निकै आक्रमक रणनीति बनाएको कियाले सेल्टोस कम्प्याक्ट एसयूभी, सानेट सब फोर मिटर एसयूभी र कारेन्स ७ सिटर क्षमताको एमपीभी बिक्री गर्दै आएको छ ।

कम्पनीले किया सोनेट ४ भेरियन्टमा बिक्री गर्दै आएको छ । तीन भेरियन्ट डिजेल र एउटा मात्रै पेट्रोल भेरियन्टमा उपलब्ध सोनेटको सुरुवाती मूल्य ३९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसको टप भेरियन्ट जीटीएक्स प्लसको मूल्य ५९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

किया सेल्टोस ७ भेरियन्टमा बिक्री हुँदै आएको छ । पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध सेल्टोसको सुरुवाती भेरियन्टको मूल्य ५२ लाख ९० हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ८२ लाख ९० हजार तोकिएको छ ।

कारेन्स भने दुई भेरियन्टमा मात्रै उपलब्ध छ । यसको प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार तोकिएको छ भने प्रेस्टीज भेरियन्टको ५२ लाख ९० हजार रुपैयाँ छ ।

मंगलबार, ३० साउन २०८०, १२ : ३३

प्रतिक्रिया