अविरल वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो अवरुद्ध

मंगलबार, ३० साउन २०८०, १२ : ३७

काठमाडौँ-  मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो अवरुद्ध भएको छ ।

 केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीले सो सडकखण्ड अवरुद्ध हुन पुगेको हो । 

मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको छ । वर्षा र बाढीका कारण हेलम्बु राजमार्गका विभिन्न स्थानमा क्षति गरेको छ । साथै केही बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम परेको छ । 
 

मंगलबार, ३० साउन २०८०, १२ : ३७

प्रतिक्रिया