पेट्रोलको मूल्यमा बृद्धि प्रतिलिटर १७५ रुपैयाँ पुग्यो

बुधबार, ३१ साउन २०८०, ०७ : ४९

काठमाण्डौ- अनियन्त्रित महङ्गी र कालोबजारीका कारण प्रताडित सर्वसाधारणको ढाड सेक्ने गरी पुनः नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । 

स्वचालित मूल्य प्रणाली लागू गर्ने नाममा निगमले इन्धनको मूल्यभा भारि वृद्धि गरेको हो । मंगलबार राति बसेको निगम सञ्चालक समितिको बैठकले मट्टितेल र डिजेलमा एकैपटक लिटरमा १४ रुपैयाँले मूल्य बढाएको हो । 

पेट्रोलको मूल्य भने प्रतिलिटर ५ रुपैयाँले बढेको छ । मूल्य बढेपछि पेट्रोलको नयाँ भाउ प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १६४.५ रुपैयाँ प्रतिलिटर पुगेको छ । 
खाना पकाउने ग्यासको मूल्य भने यर्थावत राखिएको छ ।

मूल्य बढेसंगै सेवाग्राहीले निगमलेले मनोमानी ढंगले मूल्य बढाएको भन्दै चर्को विरोध गरेका छन् । निगमले भने भारतबाट मूल्य बढेर आएको कारण देखाउदै मूल्य चर्काएको हो । 

बुधबार, ३१ साउन २०८०, ०७ : ४९

प्रतिक्रिया