मिरूना र दयाको मुख्य अभिनयमा ‘घर ज्वाइँ’ चलचित्र बन्दै

बुधबार, ३१ साउन २०८०, १० : १३

काठमाडौँ अनिल बुढा मगरको लेखन र निर्देशनमा नेपाली फिल्म ‘घर ज्वाइँ’ बन्ने भएको छ । 

फिल्ममा दयाहाङ राई र मिरुना मगरलाई जोडीका रूपमा प्रस्तुत गरिने जनाइएको छ । मगर समुदायको कथामा आधारित भएर बन्ने फिल्ममा दयाहाङ र मिरुनालाई प्रमुख पात्रका रूपमा अनुबन्धित गरेको निर्देशक अनिल बुढाले बताएका छन् ।

 मगर संस्कृतिमा बन्ने फिल्ममा मगर समुदायकै मुख्य कलाकार राख्न चाहेको भए पनि उपयुक्त पात्र नभेटिएका कारण दयाहाङलाई लिइएको उनको भनाइ छ । साथै दयाहाङले उक्त पात्रमा समेत उत्कृष्ट अभिनय पस्कने बुढाको  विश्वास रहेको छ ।  

‘घर ज्वाइँ’ मा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायतका कलाकारले अभिनय गर्ने जनाइएको छ । जीएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।

फिल्मको पटकथा निर्देशक मगरसहित विनोद खतिवडा र सुवास कोइरालाले तयार पारेका हुन् । रूकुम पूर्वमा छायांकन हुने फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ ।

बुधबार, ३१ साउन २०८०, १० : १३

प्रतिक्रिया