सुनको मुल्यमा सामान्य गिरावट

बुधबार, ३१ साउन २०८०, ११ : २१

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। 

 आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन१ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो भने तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो। 

 

बुधबार, ३१ साउन २०८०, ११ : २१

प्रतिक्रिया