अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक

बुधबार, ३१ साउन २०८०, १३ : ३१

काठमाडौँ-  दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जित्न सफल गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ । गीतमा उनलाई रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ की प्रतियोगीबाट चर्चामा छाएकी गायिका सुरक्षा सेन्चुरीले स्वरमा दिएकी छन् ।

प्रेमिल शैलीको गीतमा प्रदिप पोख्रेलको शब्द, टिका दाहालको संगीत छ । गायक उप्रेतीकै संगीत संयोजन रहेको गीतको  भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको समेत अभिनय छ । 

भिडियोको निर्देशन रंगीत बल्लव उप्रेतीले गरेका हुन् । 

बुधबार, ३१ साउन २०८०, १३ : ३१

प्रतिक्रिया